कोरोना भाइरस नेपाल: बिरामीलाई निजी अस्पतालमा शय्या पाउन गाह्रो, यस्तो छ सरकारको सुझाव


नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सङ्घीय राजधानी काठमाण्डूका 'अधिकांश अस्पताल भरिन थालेका' विवरणहरू आउन थालेका छन्।

सरकारी र निजी दुवैखाले अस्पतालमा कोभिड-१९ का बिरामीको चाप बढिरहेको र यस्तै स्थिति रहिरहे केही दिनमा अवस्था 'निकै जटिल बन्न सक्ने' टिप्पणी सामाजिक सञ्जालमा भइरहेको देखिन्छ।

निजी अस्पतालमा कोभिड-१९ भएका बिरामीलाई उपलब्ध शय्याबारे बीबीसीले सोमवार बिहान काठमाण्डूका केही निजी अस्पतालहरूमा सम्पर्क गरेको थियो।

तीमध्ये केहीको फोन बिहानैदेखि निरन्तर व्यस्त थिए। फोन उठेका अस्पतालमा शय्याबारेको प्रश्नमा सबैको जबाफ लगभग उस्तै थियो।

उनीहरू भन्थे, "अहिले त बेड छैन। आज केही बिरामी डिस्चार्ज हुने सम्भावना छ। दिउँसो एक पटक सम्पर्क गर्नुहोस् वा हामीलाई सम्पर्क नम्बर दिनुहोस् खाली भए फोन गर्छौँ।"

केही निजी अस्पतालहरूले कोभिडका बिरामीका लागि प्रबन्ध मिलाउन निश्चित व्यक्ति तोकेको पाइयो।

तिनैमध्ये एक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कर्मचारीले बिरामीको आफन्तका रूपमा गरिएको टेलिफोन संवादका क्रममा शय्या नभएको जानकारी गराइन्।

तुलनात्मक रूपमा महँगो शुल्क पर्ने क्याबिनमा पनि शय्या उपलब्ध छैन? भन्ने प्रश्नमा उनको जबाफ थियोः "कोभिड वार्ड बनाएका छौँ, क्याबिन हटाइएको छ। चार दिन भयो वार्ड भरिएको।"

"बेड भए पनि आईसीयू छैन। तपाईँको बिरामीलाई पछि आईसीयू आवश्यक पर्न सक्छ भन्नुभयो त्यसैले पहिले नै भनेको। अरूतिर लानुपर्ने पनि हुन सक्छ आईसीयू चाहिए।"

कोभिड भएका बिरामीहरूलाई राख्न सक्ने अवस्थाबारे बीबीसीको जिज्ञासामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले अस्पताल भरिभराउ रहेको जानकारी दिए।

उनका अनुसार कोरोनाभाइरसका बिरामी राखिएका आईसीयू भरिएको छ। अक्सिजन चाहिने र 'निगरानी'मा बस्न चाहने बिरामीहरू केही लिन सकिने उनले जानकारी दिए।

काठमाण्डू उपत्यकामा अहिले सहजै आईसीयू र भेन्टिलेटरयुक्त शय्या नपाइने गुनासो आइरहेको छ

तस्बिर स्रोत,

तस्बिरको क्याप्शन,


"अहिले ७० जना कोभिडका बिरामी हुनुहुन्छ। आज १५-२० जना अरू लिन सकिन्छ होला। इमर्जेन्सीमा भर्ना हुनका लागि कुरिरहनुभएको छ," उनले भने।

तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने अस्पताल शय्याको कमी नरहेको दाबी गर्दै कोभिडबाट बिरामी भएकाहरूलाई सरकारी अस्पताल जान आग्रह गरेका छन्।

    Post a Comment

    0 Comments