केपी ओली हरियो पातको झुसिले

विराटनगर । एमाले भित्रको विवादपछि समानान्तर भेला तथा कमिटि गठन गर्ने अभियानमा रहेका माधव नेपाल पक्षीय नेताहरुले अर्का अध्यक्ष केपीलाई हरियो पातमा टाँसिएको झुसिलेको संज्ञा दिएका छन् । आन्दोलनले उचाई लिईरहेको बेला अध्यक्ष तथा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीले कम्यूनिष्ट पार्टीलाई छियाछिया पारेको उनीहरुले आरोप लगाएका हुन् ।

हरियो पातमा बसेको झुसिले हुन्, माधव पक्षीय नेता जनन्नाथ खतिवडाले भन्नुभयो–जसले पातको सिंगो रुपलाई छियाछिया पारिदिएका छन् ।

यसैगरी अर्का नेता डा.देउमान सम्फाहाम्फेले सिंगो कम्यूनिष्टको घर भत्काएर चोइटा बटुलिरहेका अध्यक्ष ओलीसँग झुक्नुपर्ने अवस्था नभएको नरहेको बताउनुभयो । उहाँले दासत्व स्वीकार गर्नुभन्दा पार्टीलाई नयाँ शिराबाट उचाईमा पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

यसैगरी पूर्व प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली बेइमानको संज्ञा भएको आक्रोश पोख्नुभयो । उहाँले धोकाधडी र जालझेल बाहेक अन्य कुनैपनि कुरा नभएको बताउनु भएको हो ।

नेकपा एमाले मोरङको आफु पक्षीय अगुवा कार्यकर्ता तथा समान्तार भेलालाई शुक्रबार विराटनगरस्थित मारवाडी सेवा सदनमा नेता नेपालले सम्बोधन गरिसकेपछि मोरङ र विराटनगर महानगरपालिकाको समानान्तर कमिटि गठन गरिएको छ ।

अगुवा कार्यकर्ता भेलाबाट गठन गरिएको समानान्तर कमिटिमा जिल्लाको नेतृत्वमा चन्द्रबीर राईलाई अध्यक्षको जिम्मेवारी तोकिएको छ । यसैगरी उपाध्यक्षमा चण्डीप्रसाद राई, डा.उद्धव पोखरेल, सचिवमा डा.राजन केसी, उप–सचिव वसिम आलम र निलम ढुङ्गेल र आर्थिक समितिमा विश्वनाथ रायलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी विराटनगर महानगरपालिकामा पारुल क्षेत्रीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । उपाध्यक्षमा खेम तिम्सिना, सचिवमा मिरा दाहाल र उप–सचिवमा योगेशराज भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

Post a Comment

0 Comments