आन्तरिक उडान अनिश्चितकालका लागि बन्द


 कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको बताएका छन् ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको चेन ब्रेक गर्न (सीसीएमसी) निर्देशक समितिको सिफारिसमा यसअघि वैशाख २० देखि वैशाख ३१ गते मध्यरातिसम्म (१२ दिन) का लागि सरकारले आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो ।

तर प्राधिकरणले आन्तरिक रुटमा भने आपत्कालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिइने जनाएको छ ।


Post a Comment

0 Comments