किन एउटा देशको सङ्कटका कारण विश्वभरि उपलब्ध हुनुपर्ने खोप प्रभावित


 भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर चलिरहँदा विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी कोभिड खोप उत्पादन गर्ने आफ्नो महत्त्वाकाङ्क्षी लक्ष्य प्राप्त गर्न सङ्घर्ष गरिरहेको छ।

महाराष्ट्रको पुणेमा रहेको सीरम इन्स्टिट्यूट अफ इन्डियाले प्रत्येक महिना १० करोड मात्रा आस्ट्राजेनेका खोप उत्पादन गरेर विश्वका जोखिमयुक्त र गरिब समुदायलाई खोप लगाउने कार्यमा सघाउने वाचा गरेको थियो।

तर भारतमा दोस्रो लहर आएपछि सरकारले उक्त कम्पनीलाई निर्यात गर्न रोक लगाउँदै आफ्ना नागरिकका लागि खोपको जोहो गरेको छ।

ठूलो अन्तर्राष्ट्रिय दबाव र छलफलपछि यूके निर्यात गर्न लागिएका ५० लाख मात्रा खोप गत मङ्गलवार मात्रै नरेन्द्र मोदीको सरकारले रोकिदियो।

भारतले मार्चको मध्यतिर गरेको निर्णयका कारण एशियाली र अफ्रिकी मुलुकहरूमा खोप अपुग भएको छ। भारतले कहिले निर्यात प्रतिबन्ध खोल्छ र निर्यात गर्न बाँकी रहेका खोपहरू कसरी पठाउँछ भन्ने कुरामार्चदेखि एप्रिलसम्ममा कोभिड खोपको निर्यात ९३ प्रतिशतले घटेको भारतीय विदेश मन्त्रालयको तथ्याङ्क छ। दुईकरोड ८० लाखबाट २० लाख मात्रामा घट्नुलाई भारतले आफ्नो खोप कार्यक्रमलाई प्राथमिकता दिन थालेको मानिएको छ।

भारतबाट खोप निर्यात कम भएपछि त्यसको प्रभाव विश्वभरि देखिएको छ। विश्वका ६० वटाभन्दा बढी देशलाई यसले प्रत्यक्ष प्रभाव पारेको छ।

यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स कार्यक्रमअन्तर्गत भारतसहित विश्वका कम आय भएका मुलुकलाई दुई अर्ब खोप बाँड्ने योजना सञ्चालन गर्ने ग्याभी त्यसका लागि आवश्यक खोप अन्यत्र खोज्न थालेको छ।

"कोभ्यासले भारतको सीरमले उत्पादन गरेको खोपको अपेक्षा गरिरहेको छैन," ग्याभीका एक प्रवक्ताले भने। "सीरमले फेब्रुअरीदेखि मेसम्म कोभ्यासलाई ११ करोड मात्रा दिने बताएको थियो जसमध्ये अहिलेसम्म दुई करोड मात्रा मात्रैप्राप्त भएको छ।"

यसले गर्दा मेमा आपूर्ति हुने भनिएका देशहरूमा कोभ्यासबाट खोप नआउने भएको छ। ती देशहरूलाई ग्याभीले निर्धारित समयभन्दा एक महिनापछि जुनको अन्त्यतिर खोप आउने अपेक्षा गर्न भनेको ती प्रवक्ताले बताए। स्पष्ट छैन।

गत साता ग्याभीले मोडेर्ना र नोभाभ्याक्ससँग आठ करोड ५० लाख मात्रा प्राप्त गर्न सहमति गर्‍यो।

सीरममा प्रमुख कार्यकारी अधिकृत अदार पूनावालाले मन्त्री र व्यवसायीका नेताहरूजस्ता शक्तिमा रहेका व्यक्तिहरूले खोप दिन अनावश्यक दबाव दिएको बताएका थिए।

"धम्की भन्दा कम आँकिन्छ," उनले ब्रिटेनको द टाइम्स पत्रिकालाई भने। "अपेक्षा र आक्रोशको तह अभूतपूर्व थियो। त्यो थेग्नै नसकिने थियो। सबै जनालाई आफूले खोप पाउनुपर्छ भन्ने थियो। उनीहरू किन अरूलाई आफूभन्दा छिटो चाहिन सक्छ भन्ने बुझ्नै सक्दैनन्।"

महामारीको सुरुमै पूनावालाले १० करोड डलर खर्च गर्ने जोखिम उठाएर सीरमको खोप उत्पादन क्षमता डेढ अर्ब प्रतिवर्षबाट साढे दुई अर्ब प्रतिवर्ष पुर्‍याए। उनले आस्ट्राजेनेकासँग यो वर्षको सुरुमा गरेको सहमतिले लाभ हुने देखियो।

तर भारतमा महामारी फैलिएको केही महिनापछि सीरम र पूनावाला दुवै समस्यामा देखिएका छन्।

विश्वभरिका सरकारले सीरमलाई करारका बुँदाहरू पालना नगरेकोमा मुद्दा हालेका छन् भने आस्ट्राजेनेकाले एप्रिलमा ढिलाइ गरेको भन्दै कानुनी सूचना पठाएको छ।

यूकेले विदेशी यात्रीमाथि प्रतिबन्ध लगाउनु ठिकअघि पूनावाला लन्डन पुगे। त्यहाँ उनका श्रीमती र छोराछोरी छन्। उनले भारतमा धम्कीका कारण टिक्न नसकेर त्यहाँ पुगेको र लामो समय रहने बताए।

उनलाई महामारीको मध्यमा भारत छोडेको आरोप लागेको छ तर पूनावाला व्यापार जिम्मेवारीका कारण आफू यूके आएको बताउँछन्।

आवर वर्ल्ड इन डेटाको तथ्याङ्कअनुसार भारतको खोप कार्यक्रम सुस्त बनेको छ। यसको कारण खोपको अनुपलब्धता रहेको बताइएको छ। यसले निर्यात अझ ढिला हुन सक्ने सङ्केत गर्छ।

ढिलाइ र अनिश्चितताले पैसा तिरिसकेका नेपाल र बाङ्ग्लादेशजस्ता देशहरूलाई चिन्तित बनाएको छ।

नेपालमा भारतबाट खोप नआएका कारण अहिले खोप कार्यक्रम रोकिएको छ।

भारतले अहिलेसम्म नेपाललाई २० लाख मात्रा खोप दिएको छ। त्योमध्ये १० लाख नेपालले किनेको हो। थप १० लाख मात्राको पैसा नेपालले तिरिसकेको छ जुन आउने निश्चित मिति नभएको कारण ६५ वर्षभन्दा माथिका मानिसहरूलाई दिनुपर्ने दोस्रो मात्राको खोप अनिश्चित छ।

मे ४ मा बाङ्ग्लादेशी पत्रिका ढाका ट्रिब्यूनले १० दिनमा आस्ट्राजेनेका खोपको भण्डार रित्तिने र १५ लाख मानिसले दोस्रो मात्राको खोपका लागि भारतबाट आउने थप आपूर्ति कुर्न पर्ने बताएको छ।

बाङ्ग्लादेशले पछि खोप कार्यक्रमका लागि दर्ता स्थगित गर्‍यो। नेपाल र बङ्गलादेश दुवैले चीनको सिनोफार्म र रुसको स्पुत्निक खोपलाई आपत्कालीन अनुमति दिएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले पनि हालै चिनियाँ सिनोफार्म खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएको छ जुन कोभ्याक्स कार्यक्रममा प्रयोग गर्ने पहिलो सर्त हो।

डब्ल्यूएचओले अनुमति दिएको तीन दिनपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्सलाई एक करोड मात्रा उपलब्ध गराउन डब्ल्यूएचओसँग सहकार्य गरिरहेको बताएका छन्।

केही देशहरूले चिनियाँ खोप किन्न सहमति गरेका छन्। इजिप्टले त आफ्नो देशमा खोप उत्पादन गर्ने अनुमति खोजिरहेको छ।

इजिप्टका स्वास्थ्यमन्त्री हाला जायदले आफ्नो देश खोप उत्पादनको केन्द्र बन्ने र अफ्रिकी देशहरूमा निर्यात गर्न सकिने बताएका छन्। इजिप्टमा अर्को महिना खोप उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।

विज्ञहरूले अफ्रिकामा कोभ्याक्स कार्यक्रम अवरुद्ध भएको बताएका छन्। अफ्रिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शनका अनुसार सो महादेशका एक प्रतिशतले मात्रै खोपको एक मात्रा प्राप्त गरेका छन् भने ०.३७ प्रतिशतले मात्रै दुई मात्रा खोप प्राप्त गरेका छन्।

युरोपका २० प्रतिशत र अमेरिकाका २५ प्रतिशतले कम्तीमा एक मात्रा खोप प्राप्त गरिसकेका छन्।

मे ४ सम्मको तथ्याङ्कमा विश्वका आठ प्रतिशतभन्दा कम जनसङ्ख्याले खोपको एक मात्रा प्राप्त गरेका छन्। विश्वका १० धनी देशमा कुल खोपको ८० प्रतिशत खपत भएको आवर वर्ल्ड इन डेटाको तथ्याङ्क छ।

कोभ्याक्सले अहिलेसम्म १२२ मुलुकलाई पाँच करोड ८० लाख मात्रा खोप आपूर्ति गरेका छन्।

ग्याभीका प्रमुख कार्यकारी अधिकृत डा. सेथ बेर्कलेले भारतको प्रतिबन्धका कारण कोभ्याक्स कार्यक्रम पूर्वनिर्धारित तालिकाभन्दा १५ करोड मात्रा पछाडि परेको बताएका छन्। उनले आगामी महिना यो कमी १९ करोड पुग्ने बताए।

कोभ्याक्स कार्यक्रमलाई आस्ट्राजेनेकाले ९० प्रतिशत खोप उपलब्ध गराउने अपेक्षा थियो तर भारतका कारण त्यो कम हुने भएको छ। नोभाभ्याक्स र मोडेर्नासँग सहमति भए पनि ती खोप जुलाईभन्दा अगाडि उपलब्ध नहुने बताइएको छ।

कोभ्याक्सले त्यस बेलासम्म आवश्यकभन्दा धेरै खोप खरिद गरेका धनी देशहरूले बढी भएका खोपहरू सहयोग दिने अपेक्षा गरेको छ। कोभ्याक्सको अनुरोधपछि स्वीडनले पूरा पैसा तिरेर १० लाख खोप सहयोग दिएको छ।

"भारतको अवस्थाका कारण खोपको अवस्था असाध्यै जटिल बनेको छ," अफ्रिका सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शनका निर्देशक डा. जोन एनकेन्गासङले भने। "हामी त्रसित र अविश्वासका साथ भारतमा जे भइरहेको छ त्यो हेरिरहेका छौँ र भारतबाट निकट भविष्य खोप निर्यात हुने अपेक्षा गरेका छैनौँ।"

Post a Comment

0 Comments