मोरङमा ६ दिन थपियो निषेधाज्ञा


सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिए ।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताए । उनले यसपटक सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने निर्णय समेत गरिएको बताए ।

मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने आंशिक निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ । गत बैशाख ३१ गतेदेखि लागु हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि पनि जेठ ११ गते मंगलबार समाप्त हुँदैछ ।




Post a Comment

0 Comments