विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने ३ सय १२ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

 

विराटनगरबाट निषेधाज्ञा उल्लंघन गर्ने ३ सय १२ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार विभिन्न स्थानबाट लुकिछिपी अवैध रुपमा मानिसहरुको ओसार पसार गर्ने कार्यमा प्रयोग गरिएका सवारी साधनहरु नियन्त्रणमा लिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आइतबारदेखि एक साताका लागि विराटनगर महानगरपालिकासहित बुढिगंगा र जहदा गाउँपालिका तथा कटहरी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ केन्द्रीत निषेधाज्ञा गरेको छ ।




Post a Comment

0 Comments