हङकङद्वारा नेपालसँगका सबै उडानमा प्रतिबन्ध

 


शनिबारदेखि लागु हुने गरि हङकङले नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने भएको छ।

नेपालमा पनि नयाँ प्रजातीको कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलिएपछि हङकङले नेपालका उडानहरुमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

विदेशी संचारमाध्यमका अनुसार अर्को सूचना जारी नभइञ्जेलसम्म काठमाडौँबाट हुने उडानमा अनिश्चितकालको लागि रोक लगाइएको हो।

नेपाललाई पनि हङकङले कोरोना भाइरसको उच्च जोखिमपूर्ण मुलुकको रुपमा राखेको छ। हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानलाई समेत प्रतिबन्ध लगाइसकेको छ ।

यसअघि हङकङ पुगेका १३ जना नेपालीमा भाइरस पजेटिभ देखिएपछि उसले केही समयका लागि नेपालमाथिको उडान प्रतिबन्ध लगाएको थियो ।

Post a Comment

0 Comments