नेपालमा थप ९,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १६८ जनाको मृत्यु

 


नेपालमा थप ९,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १६८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी रह्यो।

यसबाट परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सरकारले गत साता मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु र शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको जनाएको थियो।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार थप ८,८५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु, सोमवार ९२७१ जनमा सङ्क्रमण र १३९ जनाको मृत्यु तथा मङ्गलवार ९,४८३ जनामा सङ्क्रमण र २२५ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यो साता आइतवारदेखि प्रकाशित दैनिक विवरणमा विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या समाविष्ट छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

Post a Comment

0 Comments