कोरोना भाइरस सङ्क्रमणमा किन निको हुने दर घट्दैछ र मृतक बढ्दैछन्

 


विगत १५ दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

यसको अर्थ परीक्षण गरिएका प्रत्येक दुईमध्ये एक जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइयो।

कोरोनाभाइरस महामारी शुरू भएयताकै सबैभन्दा धेरै १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सोमवार पुष्टि गरेको थियो।

तर मङ्गलवार त्यसभन्दा पनि धेरै अर्थात्‌ हालसम्मकै सर्वाधिक २२५ १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्ला केही दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको औसत सङ्ख्या आठ हजारभन्दा बढी हुने गरेको पाइएको छ।

सङ्क्रमण दर कस्तो छ?

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्कलाई हेर्दा परीक्षण गराएका मानिसहरूमा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ।

विगत १५ दिनमा एक लाख २३३ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यो अवधिमा कोभिड-१९ सँग सम्बन्धित कारणले थप ६८३ जनाको ज्यान गएको छ। १५ दिनयता दैनिक औसत मृतकको सङ्ख्या ४५ जना हुन जान्छ।

वैशाख १३ गते कुल सङ्क्रमितको सङ्ख्या ३,०३,५६१ थियो भने वैशाख २७ गते ४,०३,७९४ पुगेको छ।

वैशाख १३ गते २४ घण्टाको अवधिमा ३,५५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने सोही अवधिभित्र सात जनाको मृत्यु भएको थियो।

मन्त्रालयका अनुसार सोही दिन २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतकको सङ्ख्या १२ थियो।

त्यो दिन सङ्क्रमण दर १२.५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

वैशाख १३ गते कुल मृतक सङ्ख्या ३,१७६ थियो भने निको हुने दर ९१.५ प्रतिशत रहेको थियो।

त्यसको ठ्याक्कै १५औँ दिन अर्थात्‌ वैशाख २७ गतेको तथ्याङ्क हेर्दा ९,२७१ जनामा सङ्क्रमण देखियो भने २४ घण्टाको अवधिमा १३९ जनाको मृत्यु भएको पाइयो।

त्यो मितिमा कुल मृतक सङ्ख्या ३,८५९ थियो भने निको हुने दर ७६ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।


Post a Comment

0 Comments