ट्रकको ठक्करबाट विराटनगर बरगाछीको लायन्स स्तम्भ ढल्यो

 

विराटनगर । विराटनगरस्थित बरगाछीमा सडक दुर्घटना भएको छ । निषेधाज्ञाको समयमा चालकले मदिरासेवन गरेर गाडी कुदाउँदा अनियन्त्रीत भएर दुर्घटना हुँदा लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको लायन्स स्तम्भमा पूृर्णरुपमा क्षती पुगेको छ ।

केहीबेर अघि उत्तरतर्फ गइरहेको ना ७ ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकमा लायन्स क्लब अफ विराटनगरले बनाएको लायन्स स्तम्भ भाँचिएर भुईँमा ढलेको हो ।

सडक विस्तारका क्रममा बरगाछीको बरको रुख काटिएपछि लायन्स क्लबले उक्त स्तम्भ लाखौँ रुपैयाँ खर्च गरि बनाएको थियो ।

चालकले अत्याधि मदिरा सेवन गरेर ट्रक चलाउँदा अनियन्त्रीत भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा कुनै मानवीय क्षती पुगेको छैन । चालक सामान्य घाइते रहेको जनाइएको छ ।


Post a Comment

0 Comments