आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो


 पछिल्लो केही दिनयता सुन–चाँदीको भाउ घट्दो क्रममा रहेको छ । त्यसैलाई निरन्तरा दिँदै आइतबार पनि भाउ घटेको छ । जसमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ । शुक्रबार   चाँदीको भाउ प्रतितोला १३ सय ५ रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार पनि सुनको भाउ प्रतितोला १२ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको थियो ।

Post a Comment

0 Comments