नेपाल: थप २४ सयमा कोरोना भाइरस अनि ३४ जनाको मृत्यु

 


नेपालमा थप २,४०१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा ११,६९६ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको शनिवार मन्त्रालयद्वारा प्रकाशित विवरणमा उल्लेख छ। सो अवधिमा ३,६६० जना सङ्क्रमणमुक्त भएको मन्त्रालय जनाएको छ।

अहिले पुष्टि भएका मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका सङ्क्रमितको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४५ हजार २०९ र मृतकको सङ्ख्या ८,६७५ पुगेको छ। अहिले पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ८७४ जना आईसीयूमा र २५८ जना भेन्टिलेटरमा छन्। यतिखेर ४२ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै रहेको छ।

पीसीआर परीक्षण गराएका ७ हजार १० जनामध्ये सङ्क्रमण पुष्टि हुने दर १९ प्रतिशत रहेको छ।

Post a Comment

0 Comments