२ विकास बैंक र ४ फाइनान्स कम्पनीको सेयर मूल्यमा अत्याधिक चलखेल, सेबोनले सुरु गर्यो अनुसन्धान


नेपाल धितोपत्र बोर्डले चलखेल गरेर सेयर मूल्य बढाएका विभिन्न ५१ कम्पनीको नामावली प्रकाशित गरेको छ ।चलखेल गरेर सेयर मूल्य बढाएका कम्पनीमा तीन डेभलपमेन्ट बैंक र चार फाइनान्स कम्पनी पनि परेका छन् ।

नारायाणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको सेयर मूल्यमा चलखेल भएको देखिएको हो । यस्तै, फाइनान्स कम्पनीहरुमा गोर्खाज, मल्टीप्रपोज, समृद्धि र नेपाल फाइनान्स रहेका छन् ।

बोर्डको अध्ययन अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य जेठ ३१ गतेसम्म आइपुग्दा ७३२ रुपैयाँ पुगेको छ । गत वर्षको बैशाख ३० गतेसम्म कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ८ पैसा रहेको छ ।

यस्तै, अस्वभाविक मूल्य बढाउने कम्पनीमध्येमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य गत वर्षको बैशाख ३० गतेसम्म ४३५ रुपैयाँ रहेको थियो । यो वर्षको जेठ ३१ गतेसम्म आइपुग्दा ६९० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा ऋणात्मक देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ३६ रुपैयाँ १५ पैसा रहेको छ ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ । पछिल्लो समय केही सूचीकृत कम्पनीको सेयर मूल्यमा चलखेल गरी बढाएपछि बोर्डले अनुसन्धान गरेको थियो ।
यी हुन अस्वभाविक मूल्य वृद्धि भएका विकास बैंक र फाइनान्स कम्पनीहरु:



Post a Comment

0 Comments