कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क लगाइदिने

 


कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ।

प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलजिज अल थानीले विभिन्न पत्रपत्रीकाको सम्पादकसंग गर्नुभएको कुराकानीमा खोप लगाउने कम्पनीसंग छलफल भैरहेको बताउनुभएको छ । खोप नलगाउने दर्शकले भने विश्वकप हेर्न पाउनेछैनन् ।

त्यस्तै विश्वकप आयोजनाको तयारी तिव्र गतिमा बढिरहेको प्रधानमन्त्री अल थानीले बताउनुभएको छ । प्रतियोगिताको फाइनल खेल आयोजना हुने लुसेल रंगशालाको काम ९० प्रतिशतले सकिएको र अल थुमामा र रस अबु अबौद रंगशालाको काम पनि सोचे अनुसार अगाडी बढिरहेको उहाँले थप्नुभयो ।

समाचार संस्था एपीका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले दर्शकहरू लगाउन कतारले १० लाख डोज भ्याक्सिन किन्न प्रयास गरिरहेको बताएका छन्।

‘विश्वकप २०२२ सुरू हुन्जेलसम्म धेरै देशले आफ्ना नागरिकलाई खोप लगाइसक्ने छन्,’ प्रधानमन्त्री शेख खालिदले भने,‘केही मुलुकले आफ्ना नागरिकलाई खोप लगाउन सकेनन् भने पूर्ण खोप नलगाएकालाई रंगशालामा प्रवेश दिइने छैन।’

कतारमा अहिलेसम्म २ लाख २० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने ५८५ जनाले ज्यान गुमाएका छन्। कतारमा २०२२ को नोभेम्बर २१ देखि फुटबलको विश्वकप सुरू हुने तालिका छ। फिफा र कतार विश्वकप आयोजकले भने खोप अनिवार्य गर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।


Post a Comment

0 Comments