मोरङमा थप एक साता निषेधाज्ञा लम्बियो, खुकुलो बनाउने डिसिसिएमसि बैठकको निर्णय

 


मोरङमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । सोमबार बसेको डिसिसिएमसि बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाहरुलाई केही खुकुलो बनाउने निर्णय गरेको हो ।
कोरोना संक्रमणदर घट्दै गएकाले प्रदेश राजधानी विराटनगरसहित मोरङका सवै पालिकामा क्रमशः निषेधाज्ञा खुकुलो बनाउदै लगिने भएको हो । मोरङमा ३१ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
सोमबार बसेको डिसिसिएमसि बैठकले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउदै असार ७ गते सम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।
उनले जनजिवन सहज बनाउन निषेधाज्ञालाई केही लचिलो बनाउनुपर्ने देखिएको बताए । उनले यतिबेला पनि विभिन्न क्षेत्र विस्तारै खोल्दै लगिएको र अन्य क्षेत्रपनि विस्तारै खुकुलो पार्दै लगिने जानकारी दिए 
उनले सोमबारको बैठकले यस अघि विहान खाद्यान्न, खाना पकाउने ग्याँस, तरकारी फलफुल, खानेपानी, माछामासु, इन्धनक, पुस्तक पसल, निर्माण सामाग्री, विद्युतीय सामाग्रीलगायत अत्यावश्यक सामाग्री पसल विहान १० बजेसम्म मात्र खोल्न दिइएकोमा अब ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको जानकारी दिए ।








Post a Comment

0 Comments