वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अम्पायरले न्यूजिल्याण्डलाई सघाएको भन्दै विवाद

 


आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल जारी छ । पहिलो दिन वर्षाले अवरुद्ध भएको खेलको दोस्रो दिन हिजो भारतले पहिले ब्याटिङ गरेर ३ विकेटको क्षतिमा १४६ रन बनाएर खेलिरहेको छ । न्यूजिल्याण्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । तर, टेस्टको पहिलो दिन नै अम्पायर विवादमा परेका छन् ।

इनिङको ४१ औं ओभरमा ट्रेन्ट बोल्टले विराट कोहलीलाई ‘कट बिहाइन्ड’को अपिल गरे तर अम्पायरले आउट दिएनन् । अन्तर्राष्ट्रिय क्रिकेटको नियमअनुसार यस्तो अवस्थामा रिभ्यू लिन पाइन्छ । ट्रेन बोल्ट र न्यूजिल्याण्ड टिमलाई बल किपरको हातमा जानुभन्दा अगाडि कोहलीको ब्याटमा लागेको विश्वास थियो । तर, न्यूजिल्याण्डका कप्तान केन विलियमसनले रिभ्यू लिनुभन्दा पहिल्यै रिभ्यू लिने समय सकियो । विलियमसनले रिभ्यू लिन पाएनन् । विवाद अम्पायरका कारण भयो । अम्पायर रिचर्ड इलिंगवर्थले सहयोगी अम्पायर माइकल गफसँग सल्लाह गरेपछि रिभ्यू लिए । रिप्लेमा ब्याटमा बल नलागेको देखियो ।

नियमअनुसार यदि यो रिभ्यू न्यूजिल्याण्डका कप्तान केन विलियमसनले लिएको भए न्यूजिल्याण्डले एउटा रिभ्यू गुमाउनुपर्ने थियो । यो खेलमा एक इनिङमा दुवै टिमका कप्तानले ३–३ रिभ्यू लिन पाउँछन् । लिएको रिभ्यूमा कप्तान सही ठहरिए रिभ्यू गुम्दैन तर गलत ठहरिए रिभ्यू गुम्छ । तीनमध्ये एउटा रिभ्यू न्यूजिल्याण्डले पहिले नै गुमाइसकेको थियो । यदि यो रिभ्यू विलियमसनले लिएको भए न्यूजिल्याण्डको अर्को रिभ्यू पनि गुम्ने थियो तर अम्पायरले लिइदिँदा न्यूजिल्याण्डको रिभ्यू बच्यो । समय सकिइसकेपछि रिभ्यू लिएर अम्पायरले न्यूजिल्याण्डलाई सघाउन खोजेको देखिएका कारण अम्पायर विवादमा परेका हुन् ।

Post a Comment

0 Comments